• होमपेज
  • समाज
  • डोकोमा विरामी बोकेर सदरमुकाम चैनपुरमा उपचार

डोकोमा विरामी बोकेर सदरमुकाम चैनपुरमा उपचार

  • सोमवार, कार्तिक २१, २०७९
डोकोमा विरामी बोकेर सदरमुकाम चैनपुरमा उपचार

रमेश केसी/बझाङ — गाउँघरमा विरामी हुँदा होस या लडेर घाइते हुँदा अझै स्वास्थ्य संस्थामा पुर्याउन स्थानियहरु समस्या भोग्दै आएका छन् । बझाङ जिल्लाका कतिपय गाउँपालिकामा बाटोघाटो राम्रो नहुँदा र यातायातको पहुँच समेत नपुगेको हुँदा कतिपय मानिसहरु पुरानै डोँको (कन्डि) मै बोकेर स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने अवस्था रहेको छ ।

मष्टा गाउँपालिका वडा नम्बर ३ ढंडार घर भएका ७३ बर्षीया जोगगिरी धामीको उपचारको लागी सदरमुकाम चैनपुर ल्याइएका छन् । भरिया बनेर सदरमुकाम चैनपुर पुगेका आफन्त विर बहादुर धामीले भने, ‘के गर्नु हजुर गाडीमा हालेर ल्याउ भने सडक राम्रो छैन् । गाउँघरमा स्टेचर पनि छैन् । उपचार गराउनै पर्यो ।’उनले भने, ‘बोकेरै भए पनि उपचार गर्न ल्याएको हुँ दुई दिन सम्म सदरमुकाम चैनपुरमा उपचार गराएपछी त्यसै गरी बोकेरै घर लिन लागेको हुँ, के गर्नु उपचार गर्न पनि दुख छ । हिडाएर लिउ भने बृद्ध छन् । त्यसैमा दमका विरामी भएकाले झन समस्या भएको छ ।’

मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले भने, वडानम्बर ५ बाहेक सबै वडाहरुमा आइतबार मात्रै सडक सफा गरेर बाटो खोल्ने काम भएको बताए । स्वास्थ्य चौकिमा स्टेचर भए पनि स्टेचर मागेर स्वास्थ्य संस्थामा विरामी बोकेर ल्याउने बानीको विकास नभएको हुँदा विरामी बोकेर ल्याएको हुन सक्ने समेत अध्यक्ष बोहराको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार