सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे पाण्डुसैनमा आगाेमा जलेर ५ महिने शिशुकाे मृत्यु

बाजुराकाे पाण्डुसैनमा आगाेमा जलेर ५ महिने शिशुकाे मृत्यु

  • आइतवार, कार्तिक २०, २०७९
बाजुराकाे पाण्डुसैनमा आगाेमा जलेर ५ महिने शिशुकाे मृत्यु

बाजुरा — बाजुराकाे बुढिन्नदा नगरपालिका ९ अगाउपानीमा  ५ महिनाकाे शिशुकाे आगाेले जलेर मृत्यु भएकाे छ । आइतबार बिहान ८:३० बजेको समयमा  ज्ञानेन्द्र धामीको घरमा चुल्होमा बालिराखेको आगोबाट नजिकै रहेका लत्ता कपडामा आगो सल्केर बच्चा भएकाे ठाउँमा गइ जलेर बच्चाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

 चुल्होको नजिकै सुताईराखेको  बालकको जलेर मृत्यु भएको र विस्तृत बिबरण आउन बाकी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सुर्य थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार