बाजुरा–चुनावको दिन नजिकिदै जाँदा बाजुरा एमाले चुनावी प्रचार तथा घर भेटघाट तिव्र पारेको छ । ठुलो सभा भन्दा पनि घर घेटघाट तिब्र पारिरहेको छ ।
बाजुरामा एमालेका संघ र प्रदेशका उम्मेदवार यति बेला घर भेटघाटमा ब्यस्त सँगै जनताका सुखदुख बारे छलफल समेत गरिरहेका छन् ।
एमालेका प्रतिनिधि सभाका उम्मेदवार कर्ण बहादुर थापा प्रदेश ख को त्रिवेणी नगरपालिकामा घरभेट घाटमा ब्यस्त रहेका छन् । उनि सँगै प्रदेश ख का उम्मेदवार लाल बहादुर थापा पनि सँगै रहेका छन् । थापा द्धय जनताको घरदैलोमा पुगेर जनताका सुखदुख साटासाट गरिरहेका छन् । किसानहरु यति बेला खेतवारी काममा हुन्छन्, त्यहि गएर जनता सँग गाउँका समस्या तथा दुखमा सधै साथ दिने प्रतिबद्धता गरिरहेका छन् ।
कर्ण बहादुर थापा २०७० सालको संबिधान सभामा पनि एमाले बाट बिजय भएका थिए । थापा मन्त्रि समेत भएका हुन् । छोटो समयको कार्यकालमा थापाले जिल्लामा केही विकासका कामको शुरुवात समेत गरेको एमाले बाजुराले जनाएको छ ।
केन्द्रिय राजनितिक पहुँचमा राम्रो प्रभाब राख्ने थापाको केपी ओलीको सरकारमा गृहमन्त्रिको चर्चा समेत भएको थियो । थापा भन्छन्, आफु जनप्रतिनिधि हुदा होस, वा नहुदा होस सधै जनताको पक्षमा काम गरिरहेको फेरी पनि काम गर्ने प्रतिद्धता जनाएका छन् ।
लाल बहादुर थापा २०७४ सालको चुनावमा संघिय सांसदमा विजयी हुन् । थापाको जिल्ला तहमा राम्रो प्रभाब रहेको देखिन्छ । प्रदेश कमा बल्देब रेग्मि पनि तिब्र रुपमा घरभेटघाटमा लागि रहेका छन् । रेग्मि ०७४ मा प्रदेश क मा निर्वाचित सांसद हुन् । एमाले जनताको दुख साथ भन्ने अभिप्राय साथ प्रचारप्रसार तिब्र पारेको देखिन्छ ।
बाजुरामा गठबन्दन र एमाले पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन बाट नेपाली काँग्रेसका सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे रहेका छन् । अहिलेको समय खेतिपाति गर्ने समय हो । बाजुरामा ९५ प्रतिशत कृर्षिमा आधारीत रहेका छन् । अधिकांश मतदाता काममा ब्यस्त छन् । राजनितिक दलले मतदाताका काममा सहयोग गरदै मत माग्ने काम गरिरहेका छन् ।
जनता राजनितिक दल प्रति बितृष्णा रहेको छ । पटक पटक बिभिन्न योजनाहरु दिने भन्दै मत माग्दै गरेका थिए । तर जनताका आबश्यकताहरु कतै बाट पनि नभएपछि राजनितिक दलले जनतालाई खुशी पार्न र मत तान्ने बिभिन्न उपायहरु अपनाउदै आएका छन् ईन्सेक बाजुराका प्रतिनिधि पदम बहादुर सिंहले वताएका छन् । त्यसैले बिश्वास दिन जनताको खेतवारीमा पुगेका हुन् । चुनाव नजिकीदै जाँदा बाजुरामा राजनितिक दलले चुनावी प्रचार तिव्र पुयाएका छन् ।