• होमपेज
  • राजनीति
  • बाजुराका नौ वटै पालिकामा शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु

बाजुराका नौ वटै पालिकामा शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु

  • बिहिबार, कार्तिक १७, २०७९
बाजुराका नौ वटै पालिकामा शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु

टेक बहादुर बुढा ,बाजुरा – जिल्लाका नौ वटै पालिकामा भोलि शुक्रबारबाट नमुना मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ ।

आसन्न मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनलाई लक्षित गरेर बाजुरामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

शुक्रबारबाट जिल्लाका सम्पूणर् पालिकाका सबै वडाहरुमा उक्त कार्यक्रम सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नबराज अवस्थीले बताएका छन । उक्त मतदाता शिक्षा कार्यक्रम महिला स्वयंमसेविका द्धारा १५ दिन सम्म सञ्चालन गरिने कार्यालय प्रमुख अवस्थीले बताए । निर्वाचन प्रति आम मतदाताहरुलाई आकर्षण गर्नुका साथै अत्याधिक मतपत्र बदरलाई कम गर्र्नेका लागी उक्त कार्यक्रम सुरु गरिएको प्रमुख अवस्थीले बताएका छन ।
मतदाता शिक्षा कार्यक्रम यहि कार्तिक १८ गते देखि १५ दिन सम्म देशै भरि सञ्चालन हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार