• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका ४३ मतदान केन्द्र अतिसंवेदनशी

बाजुराका ४३ मतदान केन्द्र अतिसंवेदनशी

  • बुधबार, कार्तिक १६, २०७९
बाजुराका ४३ मतदान केन्द्र अतिसंवेदनशी

बाजुुरा —बाजुरा जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति समवेदनशील मतदान स्थल मानिएको छ ।यस्तै २३ समवेदनशील मतदान स्थल रहेका बिष्टले वताए । उनका अनुसार ७० मध्ये चार मतदान स्थल मात्रै सामान्य अवस्थाका छन् ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी बिष्टका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि करीव दुई हजार सुरक्षाकर्मी चुनावका लागि खटिने छन् । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार