• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङमा कानुनको धज्जी उडाउदै यातायात व्यवसायी: प्रहरी प्रशासन भने मुखदर्शक

बझाङमा कानुनको धज्जी उडाउदै यातायात व्यवसायी: प्रहरी प्रशासन भने मुखदर्शक

  • बुधबार, कार्तिक १६, २०७९
बझाङमा कानुनको धज्जी उडाउदै यातायात व्यवसायी: प्रहरी प्रशासन भने मुखदर्शक

अर्थ जङ शाही, बझाङ – बझाङको सदरमुकाम चैनपुर सहरबाट सूर्मा तर्फ गईरहेको जिपले सामान बोक्ने ठाउँ ‘हुटमा’ भाडाका यात्रु बोक्ने गरेको पाइएको छ।जीपले छतमा समेत यात्रुहरु कोचाकोच हालेको दृष्य प्रस्ट देखिन्छ।

साँघुरो र खाल्डाखुल्डी परेको सडकको यात्रामा सिटमा मात्र होइन, हुटभरि पनि उत्तिकै यात्रु जिपमा सवार थिए। त्यतिकै सामान राखिएको थियो। जिपले भित्र कोचाकोच यात्रु राखेर मात्रै नभएर खस्नै लाग्ने गरी बाहिर ढालासमेत यात्रु बोकेका छन् ।

गाउँतिर प्रहरीको आँखा छलेरमात्रै नभएर बजार क्षेत्र, प्रहरी, प्रशासन, ट्राफिक प्रहरी कार्यालयकै अगाडि क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् ।

सवारी साधनको चेकचाँजमा कडाइ नगर्दा व्यवसायीहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकर जोखिमपूर्ण यात्रा गराइरहेका छन् । खासगरी ग्रामीण क्षेत्रका सडकहरूमा प्रहरीको सक्रियता निकै कमजोर देखिएको छ ।

तर ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमाथि प्रहरीले निगरानी नगर्ने गरेको कुरा समेत बन्दगडा सडकमा चल्ने गाडीले प्रष्ट पारिदिएका छन्।

यता प्रहरीले भने चेकजाँचमा कडाई गरिएकाे बताउदै आएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार