बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • साउदीको जेलमा रहेका एक नेपालीलाई दिइयो मृत्युदण्ड

साउदीको जेलमा रहेका एक नेपालीलाई दिइयो मृत्युदण्ड

  • बुधबार, कार्तिक १६, २०७९
साउदीको जेलमा रहेका एक नेपालीलाई दिइयो मृत्युदण्ड

काठमाडौँ – साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ। मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ।

रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो। साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए।

‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं। तर एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो। जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो।’

विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो।

२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए। विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो।

चर्चामा

सम्बन्धित समाचार