• होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढिगंगामा बजार अनुगमनका क्र्रममा ४६ हजार बराबरको अखाद्य बरामद गरी नष्ट

बाजुराको बुढिगंगामा बजार अनुगमनका क्र्रममा ४६ हजार बराबरको अखाद्य बरामद गरी नष्ट

  • बुधबार, कार्तिक १६, २०७९
बाजुराको बुढिगंगामा बजार अनुगमनका क्र्रममा ४६ हजार बराबरको अखाद्य बरामद गरी नष्ट

बाजुरा- बुढीगंगा नगरपालिकाकामा बजार अनुगमनका क्र्ममा ४६ हजार बराबरको अखाद्य बरामद गरी नष्ट गरिएको छ । सो नगरपालिकाको मुख्य बजारमा बुधबार नगरपालिकाकी उप प्रमुख माया खड्का कुँवरको संयोजकत्वमामा बजार अनुगमन गरिएको थियो । साँफे–मार्तडी राजमार्गमा पर्ने बजारको बुढीगंगा नगरपालिका र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको संयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो ।

बजार अनुगमनका क्र्रममा राजमार्गमा पर्ने रिठा बजार,बेतालमाण्डौं,बाम्का,फालासैन र सेरा बजारमा अनुगमन गरि ४६ हजार बराबरको अखाद्य बरामद गरी नष्ट गरिएको बुढीगंगा नगरपालिकाकी नगर उप प्रमुख माया खड्का कुँवरले जानकारी दिएकी छन् । उपप्रमुख कुँवरका अनुसार बजारमा अनुगमनमा मूल्य सूचि नराखेको,कालोबजारी बढ्दै गएको,चर्को मुल्यवृद्धि,अवैध रुपमा लागु पदार्थ बेचविखन लगायतका कार्य दैनिक रुपमा हुदै आएको जन गुनासोपछि अनुगमन गरिएको बताइएको छ ।

बजार अनुगमनका क्रममा राजमार्ग सडकमा रहेका बजार अनुगमन गर्दा रिठा,बेतालमाण्डौं,बाम्का,फालासैन र सेराका व्यापारीले म्याद नाघेका वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन निरिक्षण अधिकृत लोकेन्द्रबहादुर विष्टले बताएका छन् ।अनुगमनमका क्रममा अधिकांश व्यापारीले दर्ता विना नै व्यवसाय गर्दै आएको पाइएको र दर्ता विना संचालन भएका पसलका व्यापारीलाई पहिलो पटक एक साता भित्र दर्ता गर्न अनुगमन टोलीले सुझाव दिएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय बाजुराका नायव सुब्बा पदम ऐरले बताए ।
यस्तै बजार अनुगमनमा पहिलो चरणमा व्यापारीलाई मूल्य सूची राख्नुपर्ने, विल विजक जारी गर्नुपर्ने,सबैले देख्ने गरी बोर्ड राख्नुपर्ने, लगायतका सुझाव टोलीले दिएको छ । दोस्रो पटक बजार अनुगमनका क्रममा दिएको सुझाव व्यापारीले पालना नगरेको पाइएमा जरिवाना तिराउने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टको भनाई ।

अनुुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्ट,प्रहरी निरिक्षक गीन्द्रबहादुर बोगटी,शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरिक्षक जगदिश विष्ट,बुढीगंगा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नरेन्दू्र नाथ,स्वास्थ्य कार्यालय बाजुराका लालबहादुर खड्का,घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका नायव सुब्बा पदम ऐर लगायतको टोलीले अनुगमन गरेको थियो ।
यस्तै बजार अनुगममा बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाह,विष्णु जैशी,नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम सिंह,राष्ट्रिय समाचार समिति बाजुरा समाचारदाता प्रेमबहादुर रौले लगायत सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार