बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान आयोगले दियो शर्तसहित अनुमति

प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान आयोगले दियो शर्तसहित अनुमति

  • बुधबार, कार्तिक १६, २०७९
प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान आयोगले दियो शर्तसहित अनुमति

काठमाडौं  – निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको छ । आयोग स्रोतका अनुसार सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउनेछन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो । त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।

तर देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति मागेपछि स्वीकृति दिएको आयोग स्रोतको भनाइ छ ।

आयोगका एक अधिकारीले भने, ‘सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जाने गरी अनुमति माग भएको छ, आयोगले मौखिक रुपमा अनुमति दिइसकेको छ, पत्र पठाउने प्रक्रिया बाँकी छ ।’

चर्चामा

सम्बन्धित समाचार