बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वामपन्थी नेता सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

वामपन्थी नेता सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

  • सोमवार, कार्तिक १४, २०७९
वामपन्थी नेता सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए ।

यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ । पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच ३० अक्टुबर आइतबार पुनः चुनाव भएको थियो ।

कोभिडकालमा बोल्सोनारो विवादित बनेका थिए । साथै देश भोकमरीको समस्या पनि देखा परेको थियो । ७६ वर्षीय सिल्भाले आफ्ना विगतका उपलब्धि, बोल्सोनारोका विवादित कामको श्रृंखला र भोकमरी अन्त्य गर्ने विषयलाई प्रमुख एजेण्डा बनाएका थिए । साथै उनले नयाँ कर प्रणालीको पनि प्रतिज्ञा गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार