• होमपेज
  • समाज
  • बझाङ खप्तडछान्ना झडप:घटनामा संग्लन रहेको भन्दै वडा अध्यक्ष खड्का प्रहरी हिरासतमा

बझाङ खप्तडछान्ना झडप:घटनामा संग्लन रहेको भन्दै वडा अध्यक्ष खड्का प्रहरी हिरासतमा

  • आइतवार, कार्तिक १३, २०७९
बझाङ खप्तडछान्ना झडप:घटनामा संग्लन रहेको भन्दै वडा अध्यक्ष खड्का प्रहरी हिरासतमा

अर्थ जङ शाही/बझाङ — जिल्लाको खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा भएको झडपमा मुख्य योजना गरि घटनामा संलग्न रहेको भन्दै खप्तड छान्ना गाउँपालिका – ६ का वडा अध्यक्ष तेजबहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष सहित वडा अध्यक्षका भाई भतिजाहरुले कुटपिट ज्यान मार्ने उदेश्यले योजना बनाई आफु माथी हमला गरेको बसन्त पक्षको आरोप छ । भाईटिकाको दिन दुई पक्ष बिच झडप भएको थियो । झडपमा हुँदा चार जना घाईते भएका थिए भने दुई जनाको अबस्था गम्भिर रहेको बुझिएको छ । पुरानो झगडाको बिवादलाई लिएर झगडा हुँदा खप्तड छान्ना – ६ पुजारीगाउँ बस्ने नेपाली काङ्ग्रेस तरुण बिभागका केन्द्रीय सदस्य बसन्त खड्का उनका काका दिपक खड्का र नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष तेज खड्काका भाइ त्रिभुवन खड्का ,प्रकाश खड्का घाईते भएका थिए । बसन्त खड्का र दिपक खड्कालाई गम्भिर चोट लागेको प्रहरीको भनाई छ ।

प्रहरी चौकी नजिकै भएको झगडाको प्रहरी समेत उक्त घटना भएको स्थानमा थिए । पाटादेबल प्रहरी चौकीका असई राम बहादुर बमले भने, साँझ तिर पाटादेबलमा बसन्त खड्कालाई देखेर त्रिभुवन खड्का गाली गर्दै आएको थियो । प्रहरीले दुई पटक सम्झाएर घर पठाएको पछि त्रिभुवनका भाई प्रकाश खड्का ,कटक खड्का भतिजा उज्वल खड्का,राजकुमार खड्का लगायतका हातमा लठ्ठी र घरेलु हतियार सहित आएर बसन्त खड्का माथी हमला गरेपछि झगडाले उग्ररुप लिएको समेत समेत बताए ।

झडपलाई शान्त गर्न खोज्दा तिन जना प्रहरी समेत सामान्य धाईते भएको समेत थिए । पुरानो झगडाको बिषयलाई लिएर त्रिभुवन खड्काले गालि गर्न थालेपछि झडप सुरु भएको समेत प्रहरीको भनाई छ । तरुण दलका नेता समेत रहेका बसन्त खड्काका र उनका काका दिपक खड्को हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेर जिल्ला अस्पतालतामा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । त्रिभुवन खड्का र प्रकाश खडकाको समेत टाउकोमा घाउ लागेको छ । यता बसन्त पक्षले वडा अध्यक्ष तेज बहादुर खड्काको पुर्व योजना अनुसार योजनाबद्ध ढंगले आफुहरु माथी सांघातिक हमाला गरेको दाबी गरेको छ ।

गाउँ घरमा एक्ला एक्लै आउँदा जादा पनि बाटो घाटोमा लागेर निउ खोज्दै गाली गर्दै आएको बसन्त पक्षको आरोप छ । निर्वाचन नजिक आएकोले योजना बनाइ प्रहरी चौकिको आगनमा प्रहरीहरुकै अगाडि घरेलु हतियार प्रयोग गरि वसन्त खड्का र दिपक खड्काको हात खुट्टा र टाउकोमा ढुङ्गाले थिचेर मार्ने योजना बनाएको समेत बसन्तका काका टेक बहादुर खड्काले बताउनुभएको छ । वडा अध्यक्ष तेज बहादुर खड्काले आफु वडा कार्यालयमा भएको र घटनामा संलग्न नरहेको समेत बताउनु भएको छ । उहाँले दुई पक्ष बिच भनाभन भए पछि दोहोरो झगडा भएकाले दुबै पक्ष घाइते भएको बताए ।जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रमेशदत्त भट्टले घटनामा संलग्नहरुको खोजी कार्य भई रहेको समेत बताए ।

यस्तो अमानबिय घटनाको सामाजिक सन्जालमा चर्को आलोचना गरिएको छ । घटनाको सत्य तथ्य सहित अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई आग्रह गरिएको छ । यस अघि पटक पटक गरि समेत दुई पक्ष बिच झडप भई मुद्दा जिल्ला अदालत सम्म पुगेको थियो ।

चर्चामा

सम्बन्धित समाचार