• होमपेज
  • राजनीति
  • गठबन्धनकाे बिषयमा केन्द्रकाे निर्णय कुर्दै काँग्रेस बाजुराकाे बैठक सम्पन्न

गठबन्धनकाे बिषयमा केन्द्रकाे निर्णय कुर्दै काँग्रेस बाजुराकाे बैठक सम्पन्न

आइतबारबाट घरदैलाे अभियान

  • शनिबार, कार्तिक १२, २०७९
गठबन्धनकाे बिषयमा केन्द्रकाे निर्णय कुर्दै काँग्रेस बाजुराकाे बैठक सम्पन्न

नेपाली काँग्रेस बाजुराकाे आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन केन्द्रीत बैठक सम्पन्न भएकाे छ । शनिबार सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा बसेकाे बैठकले गठबन्धनकाे बिषयमा केन्द्रकाे निर्णय सर्वसम्वत मान्ने गरी बैठक सम्पन्न गरेकाे ने्पाली काँग्रेस बाजुराका महाधिबेशन प्रतिनीधी याेगेन्द्र रावलले बताए ।

केन्द्रले जुन निर्णय गरेर दिन्छ त्यसैलाइ आधिकारीक सत्तारुढ गठबन्धनमा लैजाने गरी निर्णय गरिएकाे नेता रावलले बताए । नेापली काँग्रेस बाजुराले प्रचार प्रसारका लागि  बडिमालिका नगरपालिका वडा नं ६ कोर्धबाट घरदैलो अभियान सुरू गर्ने भएको छ । शनिबार मार्तडीमा बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले आइतवार बाट निर्वाचन क्षेत्र नं २ को कोर्धबाट घरदैलो अभियान सुरू गर्ने निर्णय गरेको पार्टी सहसचिव कृष्णराज पाध्यायले बताएका छन् ।

बाजुरा काँग्रेसले प्रदेश निर्वाचन क्षेत्र क काे  हिमाली, जगन्नाथ, बुढीनन्दा र बडिमालिकाका केही स्थानमा घरदैलो अभियान गरिसकेको छ भने बाँकी स्थानमा घरदैलो अभियान आइतबारबाट सुरू गर्ने भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । शनिबार बसेको बैठकले निर्वाचनसंग सम्बन्धि  गठन गरिएका विभिन्न समिति तथा उपसिमतीलाई पुर्णता दिई परिचालन समेत गर्ने निर्णय गरेकाे नेपाली काँग्रेस बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार