• होमपेज
  • राजनीति
  • स्वतन्त्र उमेदवार बडुवाल र रावलकाे प्रतिबद्धता, खानेपानी,सडक र बिजुलीकाे दिर्घकालीन बिकास गर्छाैँ

स्वतन्त्र उमेदवार बडुवाल र रावलकाे प्रतिबद्धता, खानेपानी,सडक र बिजुलीकाे दिर्घकालीन बिकास गर्छाैँ

  • शनिबार, कार्तिक १२, २०७९
स्वतन्त्र उमेदवार बडुवाल र रावलकाे प्रतिबद्धता, खानेपानी,सडक र बिजुलीकाे दिर्घकालीन बिकास गर्छाैँ

बाजुरा — आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य स्वतन्त्र  उमेदवार  टेक बहादुर बडुवाल र प्रदेश सभा(ख) स्वतन्त्र उमेदवार जनक बहादुर रावलले संयुक्त रुपमा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार बडुवालले २२ बुद्धे चुनावी प्रतिबद्धता पत्र र प्रदेश सभा (ख) का स्वतन्त्र उमेदवार रावलले १४ बुद्धे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।

प्रतनिधि सभा सदस्य स्वतन्त्र उमेदवार बडुवालले आफुलाई बाजुरेली जनताले मतदान गरि विजयी गराएपछि जिल्ला अस्पताल बाजुरामा दक्ष जनशक्तीको नियुक्ति गरि बाजुरेलि जनतालाई स्वास्थ्य सम्बन्धी सवै सेवाहरु जिल्लामै उपलब्ध गराउने,बाजुरा जिल्लाको सडकलाई दिगो बनाउनु पहल गर्ने,जिल्लाका सबै ठाउँमा एक घर एक धारा निर्माण गरि जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने लगाएतका महत्व पुर्ण कामहरु गर्ने  प्रतिबद्धता जाहेर गरेका छन ।

 प्रदेश सभा(ख) का स्वतन्त्र उमेदवार रावलले आफु निर्वाचित भए पछि कृषि उपज तथा खाद्य व्यवस्थापन केन्द्रको स्थापना गरि बाजुरामा हुने खाद्य संकट समाधन गरि बाजुरा वर्षेनि भई रहेको भोकमरीको अन्त्य गर्ने कुरामा जोड दिने प्रतिबद्धता जाहेर गरेका छन ।

दुई वटै स्वतन्त्र उमेदवारहरुले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफुलाई मतदान गरि अत्याधिक बहुमतले विजयी गराउन सम्पुर्ण बाजुरा बासीलाई अनुरोध गरेका छन । प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार टेक बहादुर बडुवालको चुनाव चिन्ह महिला रहेको छ भने प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार जनक बहादुर राववलको चुनाव चिन्ह पानिको धारा रहेको छ ।

 

 

 

चर्चामा

सम्बन्धित समाचार