मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको बिच्छयाँमा उच्चमाबि नहुँदा पढाइ छोडदै छात्रा

बाजुराको बिच्छयाँमा उच्चमाबि नहुँदा पढाइ छोडदै छात्रा

  • आइतवार, कार्तिक ६, २०७९
बाजुराको बिच्छयाँमा उच्चमाबि नहुँदा पढाइ छोडदै छात्रा

बाजुरा–साबिकको बिच्छँया गाबिस तथा हिमाली गाउँपालिका १, २ र ३ मा उच्चमाबि नहुँदा धेरै छात्राहरु पढाइ छोडन बाध्य भएका छन् । हिमाली गाँउ पालिका २ बस्ने कबिता बोहोरा एसईइ पास भइन् । तर साबिकको बिच्छँया गाबिस भरी उच्च माबि नभएपछि उनले त्यो भन्दा माथिको शिक्षा बाट बञ्चित भइन् । पढन नपाउने भएपछि उनले १६ बर्षको उमेरमै बिवाह गरीन् ।
वडा नम्बर १ कि सुन्तली थापाले पनि एसईइ त गाँउ नजिकै बिच्छँया माबिमा गरिन् । तर उच्च शिक्षा पढने यात्रा भने रोकियो । बिच्छँया भरी १० भन्दा माथि पढाई हुने बिद्यालय छैन्, बाहिर छोरीलाई पठाउन पनि मान्दैनन्, अर्को बाहिर पढन पैशा नभएर बिद्यालय बाध्य भएर छोडनु परेको वताईन् । उनि पनि अब पढाइ नहुँने भएपछि बिहे गर्ने मनस्थितीमा छन् । हिमाली गाउपालि १, २ र ३ मा माबि स्तरको एउटा मात्र बिच्छँया माबि छ । २०७८ सालमा २४ जना छात्रा थिइन् । ति मध्ये ३ जना मात्र बाहिर पढन गएको बाकि सबैले बिद्यालय छोडेको वडा नम्बर १ स्थानिय लालजित थापाले वताए । २०७७ सालमा पनि १८ जना छात्र मध्ये २ जनाले मात्र उच्च शिक्षा पढिन्, बाँकिले बिद्यालयनै छोडेनु परेको उनले वताए ।
हिमाली गाँउपालिका १, २ र ३ मा करिब ३६ सय जनसंख्या छ । माबि एउटा छ, उच्च माबि एउटा पनि छैन् । भौगोलिक बिकटताले निकै बिकट रहेको बिच्छँया बाट एसईइ पछि कक्षा ११ र १२ पढन तिन दिन टाढा रहेको बुढिन्नदा नगरपालिकामा रहेको जनप्रकाश उमाबि र मुगुको रातापानि जानु पर्ने बाध्यता रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । केटाहरु त डेरा गरेर पढने, जाने गर्छन्, छात्राहरु भने एसईइ पास पछि ९० प्रतिशतले बिद्यालय छोडने गरेको मल्लले वताए ।
हिमाली गाँउपालिका ३ का ध्यान रोकायाले भने उमाबि खोल्नका लागि पहल त भइरहेको छ आर्थिक नभएर समस्या भएको वताए । उनले भने छात्रा मात्र नभई छात्रहरुले समेत बिद्यालय छोड्ने गरेको वताए । ३ वटै वडामा स्थायि सरकारी जागीरे एकजना महिला पनि नभएको पुरुषमा ५ जना मात्र सरकारी जागीरे छन् । उच्च शिक्षा बाहिर पढन जानु पर्छ, हुनेखाने पठाउछन्, नभए कक्षा १० सम्म पढ्यो, अनि बिहे गरेर घरजम गर्ने गरेको रोकायाले वताए । सदरमुकाम मार्तडी बाट बिच्छँया पुग्न चार दिन लाग्ने गरेको छ । बाजुराको ३० प्रतिशत भुभाग बिच्छँयाले ओगटेको छ ।

चर्चामा

सम्बन्धित समाचार