• होमपेज
  • राजनीति
  • चुनावि घरदैलाे अभियानमा उम्मेदवार थापा

चुनावि घरदैलाे अभियानमा उम्मेदवार थापा

  • बिहिबार, कार्तिक ३, २०७९
चुनावि घरदैलाे अभियानमा उम्मेदवार थापा

बाजुरा — चुनावको दिन नजिकिदै जाँदा बाजुरा जिल्लाका राजनितिक दलले चुनाव प्रचार तथा घर भेटघाट कार्यक्रमहरु तिव्र गतिमा  गरिरहेका छन् । बाजुरामा एमालेका संघ र प्रदेशका उम्मेदवार यतिबेला घर भेटकाे कार्यक्रममा ब्यस्त रहेका छन् । एमालेका प्रतिनिधि सभाका उम्मेदवार कर्ण बहादुर थापा प्रदेश र प्रदेश क का उम्मेदवार बल्देव रेग्मी प्रदेश (क)मा ब्यस्त रहेका छन् भने लाल बहादुर थापा प्रदेश सभा (ख) का जनताहरुकाे घरदैलाेमा घुमिरहेका छन ।

साेही क्रममा प्रतिनिधी सभाका उम्मेदवार कर्ण बहादुर थापा जनताको घरदैलोमा पुगेर जनताका सुखदुख साटासाट गरिरहेका छन् । किसानहरु यति बेला खेतवारी काममा हुन्छन्, त्यहि गएर जनतासँग गाउँका समस्या तथा दुखमा सधै साथ दिने प्रतिबद्धता गरिरहेका छन् । थापाले २०७० सालको संबिधान सभामा पनि एमाले बाट बिजय भएका थिए । थापा मन्त्रि समेत भएका हुन् । छोटो समयको कार्यकालमा थापाले जिल्लामा केही विकासका कामको शुरुवात समेत गरेको एमाले बाजुराले जनाएको छ ।

No description available.

केन्द्रिय राजनितिक पहुँचमा राम्रो प्रभाब राख्ने थापाको केपी ओलीको सरकारमा गृहमन्त्रिको चर्चा समेत भएको थियो । थापा भन्छन्, आफु जनप्रतिनिधि हुँदा होस, वा नहुँदा होस सधै जनताको पक्षमा काम गरिरहेको फेरी पनि काम गर्ने प्रतिद्धता जनाएका छन् ।

No description available.

बाजुरामा गठबन्दन र एमाले पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन बाट नेपाली काँग्रेसका सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे रहेका छन् । अहिलेको समय खेतिपाति गर्ने समय हो । बाजुरामा ९५ प्रतिशत कृर्षिमा आधारीत रहेका छन् । अधिकांश मतदाता काममा ब्यस्त छन् । राजनितिक दलले मतदाताका काममा सहयोग गर्दै मत माग्ने काम गरिरहेका छन् ।

No description available.

जनताकाे राजनितिक दलप्रति बितृष्णा जगाएर बसिरहेका छन  । पटक पटक बिभिन्न योजनाहरु दिने भन्दै मत माग्दै गरेका थिए । तर जनताका आबश्यकताहरु कतै बाट पनि नभएपछि राजनितिक दलले जनतालाई खुशी पार्न र मत तान्ने बिभिन्न उपायहरु अपनाउदै आएका छन् ईन्सेक बाजुराका प्रतिनिधि पदम बहादुर सिंहले वताएका छन् । त्यसैले बिश्वास दिन जनताको खेतवारीमा पुगेका हुन् । चुनाव नजिकीदै जाँदा बाजुरामा राजनितिक दलले चुनावी प्रचार तिव्र पुयाएका छन् ।

 

 

चर्चामा

सम्बन्धित समाचार