• होमपेज
  • राजनीति
  • काँग्रेस बाजुरा गठबन्धनको आधिकारीक उम्मेदवारका लागि केन्द्रको पत्र कुर्दै

काँग्रेस बाजुरा गठबन्धनको आधिकारीक उम्मेदवारका लागि केन्द्रको पत्र कुर्दै

  • बिहिबार, कार्तिक ३, २०७९
काँग्रेस बाजुरा गठबन्धनको आधिकारीक उम्मेदवारका लागि केन्द्रको पत्र कुर्दै

बाजुरा–बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा अन्योल रहेको छ । नेपाली काँग्रेस बाजुरालाई प्रदेश कमा कसलाइ गठबन्धनको उम्मेदवार मान्नेमा अन्योलमा रहेको छ ।
नेपाली काँग्रेस बाजुराका सभापति रामसिं रावलले भने आधिकारीक उम्मेदवारका लागि केन्द्रमा पत्रचार गरिसेकेको बताएका छन् । पत्रचार सँगै फोनमा समेत को हो गठबन्धनको आधिकारी उम्मेदवार केन्द्र बाट पत्रचारका लागि आग्रह गरेका रावलले वताए । एकदुई दिनमा पत्र आउछ हामी त्यहि पत्र कुरेर बसेको उनले वताए ।
नेकपा माओवादी बाट उम्मेदवार कर्ण बहादुर बिक आफु रहेको दाबि गरिहेका छन्, भने नेकपा एकिकृत समाजवादीका नरेश बहादुर शाहीको आफु रहेको दाबि गरिरहेका छन् । उनिहरु गठबन्धनको आधिकारी उम्मेदवारको पत्र ल्यानका लागि काठमाडौमा दौडधुप समेत गरिरहेका छन् ।
गठबन्धनको पहिलो चरण केन्द्रमा भएको सहमतिको लिष्टमा बाजुरा प्रदेश क माओवादीको भागमा रहेको सार्वजनिक भएको थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा समाजवादीका नरेश बहादुर शाहीको नाममा पार्टिले टिकट दिएको थियो । कर्ण बहादुर बिकको नाम भने माओवादीले पहिला नै फिक्स गरिसकेको थियो । नेकपा एमाले बाट भने प्रदेश क बाट बल्देब रेग्मि रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार