• होमपेज
  • समाज
  • साहस नेपालद्धारा नगरपालिका स्तरिय कार्यशाा गाष्ठी सम्पन्न

साहस नेपालद्धारा नगरपालिका स्तरिय कार्यशाा गाष्ठी सम्पन्न

  • मङ्लबार, कार्तिक १, २०७९
साहस नेपालद्धारा नगरपालिका स्तरिय कार्यशाा गाष्ठी सम्पन्न

बाजुरा — सहयोगी हातहरुको समुह (साहस) नेपालद्धारा बुढीगंगा नगरपालिका स्तरिय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बुढीगंगा नगरपालिकामा लागु हुने स्थानीय प्रयासमा खाद्य सुरक्षा रुपान्त्रण (लिफ्ट) परियोजनाको बारेमा नगरपालिकाका जनप्रतिनिधि कर्मचारी र स्थानिय सरोकारवालालाई जानकारी स्वरुप कार्याशाला गोष्ठी गरिएको कार्यक्रम अधिकृत्त बेसिन्द्र राईले जानकारी दिए ।
बाजुरा जिल्लाका अन्य स्थानीय तहमा बिगत लामो समय देखि काम गर्दै आएको साहास नेपालले सन २०२२ बाट सन २०२५ सम्म पहिचो चरणमा बुढीगंगा नगरपालिकामा पनि कार्यक्षेत्र बनाएर कामको थालनी गर्ने बारे जानकारी गराएको थियो ।
कार्यक्रमले नगरपालिकामा कसरी काम गर्छ कार्यक्रमका लक्षित बर्गलाई कसरी प्राथामिकरण गरिएको छ । स्थानीयको जनस्तर माथि उकास्न पालिकाले के कति सहयोग गर्नु पर्छ भन्ने बिषयमा कार्यशाला गोष्ठीमा जानकारी गराएको थियो ।
बुढीगंगा नगरपालिकाको सभा हलमा भएको कार्यशाला गोष्ठीको अध्यक्षता नगरप्रमुख रामबहादुर बानियले गरेका थिए । कार्यक्रमको अतिथि नगर उपप्रमुख माया खड्का कुवर रहेका थिए । कार्यशाला गोष्ठीमा नगरपालिकाका १ नम्बर वडा देखी १० सम्मका वडा अध्यक्ष कार्यपालिका सदस्य नगरपालिकाका कार्यलय प्रमुख बिभिन्न शाखाका प्रमुख पत्रकार स्थानिय सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा नगर उपप्रमुख माया खड्का कुवरले साहास नेपालले लिफ्ट परियोजना बुढीगंगा नगरपालिकालाई कार्यक्षत्र बनाएर कामका थालनी गरेकोमा धन्यबाद तथा स्वागत गरेको थियो । परियोजनाले बनाएको मापदण्डलाई पूणर् रुपमा पालना हुने छ र यसमा नगरपालिकाले पूणर् रुपमा सहयोग गर्ने बताए ।
नगर प्रमुख रामबहादुर बानियाले परियोजनालाई आवश्यक पर्ने कुरामा नगरपालिकाबाट कमी आउन नदिने बताए । नगरपालिकाका जनस्तर माथि उकास्न पालिकाको दाहित्वमा सहास नेपाल सहयोगीका रुपमा आएकोले नगरपालिकाबाट पूणर् सहयोग हुने बताए ।
सहास नेपालले पालिकामा गर्ने गतिबिधि नगरपालिकाका नीति तथा कार्यक्रम अनुरुप हुने पर्ने बताए । कार्यक्रममा जानकारी गराए अनुरुप सबै कार्यक्रममा पालिकाले बनाएको नीति तथा कार्याक्रममा उल्लेख भए अनुरुप रहेकोले आगामी दिनमा यसै गरि अगाडी बढ्न सुझाव तथा निर्देश दिएका थिए ।
कार्यक्रम पहिलो चरणमा बुढीगंगा नगरपालिकाको वडा नम्वर १,२, ५, ९ र १० नम्बरमा लागु हुने परियोजनाले जनाकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार