आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • चाैथाे छेडेदह कप फुटबल प्रतियोगिताकाे उपाधि पनि कन्सर्न बाजुरालाई

चाैथाे छेडेदह कप फुटबल प्रतियोगिताकाे उपाधि पनि कन्सर्न बाजुरालाई

  • सोमवार, अशोज ३१, २०७९
चाैथाे छेडेदह कप फुटबल प्रतियोगिताकाे उपाधि पनि कन्सर्न बाजुरालाई

बाजुरा– चाैथाे संस्करणको छेडेदह फुटबल कपकाे उपाधि पनि कन्सर्न बाजुराले उचालेकाे छ । छेडेदह स्पाेर्टस् क्लकाे आयाेजनामा असाेज २६ गतेदेखि संचालन भएकाे उक्त प्रतियाेगितामा रानिवन स्पाेर्टस् क्लवलाई ३-२ काे अन्तरले पराजित गर्दै यस वर्षकाे उपाधि पनि जितेकाे हाे ।
चाैथाे टेडेदह कपकाे विजेता बनेकाे कनर्सन बाजुराले २ लाख ३३ हजार ३ सय ३३ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएकाे छ । भने कपकाे उपविजेता बनेकाे रानिवनले १ लाख २२ हजार २ सय २२ नगदसहित ट्रफि, मेडल र प्रदान गरिएको हाे ।
बडा दशैं तथा शुभ दिपावलीकाे अवसरमा छेडेदह स्पाेर्टस् क्लवले लगातार ४ वर्षदेखि साे प्रतियोगिता आयाेजना गर्दै आईरहेकाे छ । कनर्सन बाजुराले याे वर्षकाे कप जितेसंगै लगातार चाैथाेपटक खेलकाे विजेता बनेकाे छ ।
त्यस्तै खेलकाे उत्कृष्ट गाेल रक्षक कनर्सन बाजुराका कप्तान कुम्भ देउवा, उत्कृष्ट डिफेण्डरमा कनसर्नकै भागिराम चाैधरी र उदयमान खेलाडीमा केपि बा स्पाेर्टस् क्लवका डेनिस थापालाई घाेषित गरिएको हाे ।

चर्चामा

सम्बन्धित समाचार