शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • पाँच महिना देखि अबरोध बल्दे अमकाेट सडक खाेल्ने काम सुरु

पाँच महिना देखि अबरोध बल्दे अमकाेट सडक खाेल्ने काम सुरु

  • सोमवार, अशोज ३१, २०७९
पाँच महिना देखि अबरोध  बल्दे अमकाेट सडक खाेल्ने काम  सुरु

बाजुरा — बाजुराको साँफे मार्तडी सडक खण्ड अन्र्तगत बाजुराको अम्कोटमा सडक सञ्चालनका लागि आजदेखी सडक बनाउने कार्य सुरु भएकाे छ। सडक अबरोध भएको पाच महिना सम्म अवरुद्ध भएकाेले माैसमकाे अन्त्य भए स‌ंगै साेमबारबाट मर्मत कार्यकाे थालनी गरिएकाे हाे  ।  पानि कम भएको एकसातापछी स्थानि तह र जिल्ला प्रसासन कार्यालय र सडक डिभिजन कार्यालय बिच सहमती भएर काम सुरु गरिएकाे प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताएका छन । आजै  डोजर लगाएर काम अगाडि बढाइसकेकाे प्रमुख जिल्ला अधिकारीले वताएका छन् ।
सडक डिभिजन कार्यलय साँफे बगर अछामले साउन २३ गते बैकल्पिक सडक खोल्नका लागि काम शुरु गरेपनि त्यो काम पनि बिचमै रोकिएको भए पनी साे बाटाेलाइ पनि बनाउदै लैजाने प्रमुख जिल्ला अधिकारीले बताएका छन  । सडक भत्किएकै ठाउँ बाट सडक खोल्न खोज्दा स्थानियले काम गर्न रोकेका भए पनि साेमबार सहमती गराएर डाेजर लगाएर सडक बनाउने कार्यकाे थालनी गरिएकाे र केही दिनमै मार्तडी सम्मकाे पुर्ण रुपमा सुचारु हुने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन ।
सडक सञ्चालनमा नआउदा बाजुराको सदरमुकाम मार्तडी, लगायत बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगु जिल्लाका बासिन्दा सडक सञ्जाल बाट बिच्छेद भएका छन् । दशै तिहारका लागि घर आउनेलाइ समेत निकै सकस भएको छ । चाडपर्वमा स्थानिय निकै महँगीको मारमा परेका छन् ।
२०७६ साल देखी बर्षातको चार महिना सडक अबरोध हुदै आएको छ । २०७७ र २०७८ मा बर्षातको समयमा त्यहि ठाँउमा चार महिना सडक अबरोध भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार