शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • लाल बहादुर थापा मुख्य मन्त्रिको दौडमा

लाल बहादुर थापा मुख्य मन्त्रिको दौडमा

  • सोमवार, अशोज ३१, २०७९
लाल बहादुर थापा मुख्य मन्त्रिको दौडमा

बाजुरा–प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै छ । मंसिर–४ मा हुने निर्वाचनका लागि नेताहरु उम्मेदवार दर्ता गरेर प्रचारप्रसारमा छन् । यसैबीच सुदूरपश्चिममा अबको मुख्यमन्त्री को हुन्छ ? भन्ने चर्चा सुरु भएको छ । विशेष गरी चुनावमा होमिएका राजनीतिक दलहरु पार्टीभित्रै मुख्यमन्त्रीको उम्मेदवार खोज्नतर्फ लागेका हुन् ।
बाजुरा प्रदेश ख बाट एमालेका उम्मेदवार लाल बहादुर थापाको पनि मुख्य मन्त्रि चर्चा हुन थालेको छ । एमालेका जिल्ला स्तरका एकनेताले भने एमाले प्रदेशमा सबैभन्दा सिनियर नेता लाल बहादुर थापा लडेको बताए । उहाँले जितेमा एमाले बाट प्रतिपक्ष दलको नेता सँगै मुख्य मन्त्रिको दाबेदारका रुपमा हेरिएको बताएका छन् ।
थापा दोस्रो पटक एमाले केन्द्रिय सदस्यका रुपमा रहेका छन् । हाल बाजुरा इन्चार्ज समेत रहेका छन् । निर्वतमान संघिय सांसद समेत रहेका थापा कानुनबिद समेत हुन् । अहिले सत्ता गठबन्धनले मुख्य मन्त्रि कसलाइ बनाउने चर्चा बनाइरहेको भएपनि एमाले बाट पनि मुख्य मन्त्रि हुने सम्भाबना उत्तिकै रहेको छ । यसो हुदा एमाले बाट लाल बहादुर थापाको सम्भाबना निकै बलियो रहेको छ । थापाले भने आफुले जिते पछि मात्र यो बारेमा बोल्ने वताएका छन् । ‘चुनावको नतिजा कस्तो आउँछ । त्यो भने हेर्न बाँकी छ । तर, मेरो पार्टीबाट म नै अघि सर्छु लागेको छु,’ उनले थापाले भने ।
सत्ता गठबन्धनको नेतृत्व गरीरहेको नेपाली काँग्रेसले अब सुदूरपश्चिम सरकारको नेतृत्व आफूले गर्ने दाबी गरिरहेको छ । चुनावपछि अपेक्षित नतिजा आए मुख्यमन्त्रीमा आफूपनि आकांक्षी भएको काँग्रेसका नेता डा. रणबहादुर रावलले बताए । सत्ता गठबन्धनकै दोस्रो ठुलो दल माओवादी केन्द्र पनि सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा छ । यसका लागि पार्टीले प्रदेश इन्चार्जसमेत रहेका माओवादी नेता खगराज भट्टलाई अघि सारेको छ । उनलाई यसपटक गठबन्धनले साँझा उम्मेदवार बनाएको छ । डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका भट्ट पनि मुख्यमन्त्रीकै कसरतमा छन् । प्रदेश सरकारको नेतृत्व गर्नकै लागि प्रदेश सभाको चुनाव लडेको भट्टको दाबी छ ।
सत्ता गठबन्धनमै जोडिएको एकीकृत समाजवादीले भने अपेक्षाअनुसार प्रदेशमा सिट नै पाएको छैन । त्यसकारण उक्त पार्टी भित्र मुख्यमन्त्रीको चर्चा खासै छैन । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १६ र प्रदेशसभाका ३२ सिटका लागि प्रत्येक्ष निर्वाचन हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार