• होमपेज
  • सुचना प्रबिधी
  • आज मनसुन नेपालबाट बाहिरिदै,एक साता घमाइलो हुने

आज मनसुन नेपालबाट बाहिरिदै,एक साता घमाइलो हुने

  • आइतवार, अशोज ३०, २०७९
आज मनसुन नेपालबाट बाहिरिदै,एक साता घमाइलो हुने

नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनचार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन।

प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको छ । पूर्वी भूभागमा भने आज पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार