शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा वडा स्तरीय खुला भलिवल प्रतियोगिता संचालन

बुढीगंगामा वडा स्तरीय खुला भलिवल प्रतियोगिता संचालन

  • शनिबार, अशोज २९, २०७९
बुढीगंगामा वडा स्तरीय खुला भलिवल प्रतियोगिता संचालन

बाजुरा — बाजुराकाे बुढीगंगा नगरपालिकामा वडा स्तरीय भलिवल प्रतियोगिता संचालन गरिएको छ । बडा दशैं तथा शुभदिपावली २०७९ काे अवसरमा बुढीगंगा नगरपालिका ३ मा रहेकाे बसाली युवा क्लबद्धारा आयोजित उक्त प्रतियोगिताकाे शनिबार नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।
बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट परिचित गराउन र बाजुरेली युवाहरूलाई खेल क्षेत्रमा आकर्सित गर्न उक्त प्रतियोगिता आयाेजना गरिएको हाे ।
असाेज २२ देखि २४ सम्म संचालन गर्ने भनिएकाे उक्त प्रतियोगिता माैषम खराविका कारण साे मितिमा संचालन हुन् नसकेपछि आजबाट प्रतियाेगिता संचालन गरिएको बसाली युवा क्लवले बताएको छ ।
क्लवका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, द्वितीय ३० हजार, तृतीय १५ हजार र सान्त्वना ७ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताकाे उत्कृष्ट खेलाडीलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएकाे छ भने प्रतियोगितामा १८ टिम सहभागी भएका छन् ।
बसाली युवा क्लवका अध्यक्ष राजेश नेपालीकाे अध्यक्षतामा संचालन गरिएको उक्त प्रतियोगितामा प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रमुख अतिथि रहेका थिए त्यस्तै बिशिस्ट अतिथी नेकपा एमाले केन्द्रीय सदस्य पूर्व प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, बुढिगगा नगरपालिका मेयर राम बहादुर बानियाँ उपमेयर माया खडका कुवर अतिथि रहेका थिए ।
प्रतियाेगिता आजदेखि ३ दिनसम्म संचालन हुने छ ।

चर्चामा

सम्बन्धित समाचार