धनगढी– प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन्। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ।
त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्। सुदूरपश्चिममा यस्ता उम्मेदवारमा वीरबहादुर बलायर देखिएका छन्। बलायरले आफूलाई मत हाल्न पाउने छैनन्। डोटीमा मतदाता रहेका बलायर कैलाली-४ मा उठेका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति समेत रहेका बलायरसँग नेकपा एमालेबाट लेखराज भट्ट लड्दैछन्।