शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • साफे -मार्तडी राजमार्ग सञ्चालनमा अन्य पालिकाले चासाे नदेखाएको बुढिगंगा नगरपालिका नगर प्रमुख बानियाँकाे आराेप

साफे -मार्तडी राजमार्ग सञ्चालनमा अन्य पालिकाले चासाे नदेखाएको बुढिगंगा नगरपालिका नगर प्रमुख बानियाँकाे आराेप

  • बिहिबार, अशोज २७, २०७९
साफे -मार्तडी राजमार्ग सञ्चालनमा अन्य पालिकाले चासाे नदेखाएको बुढिगंगा नगरपालिका नगर प्रमुख बानियाँकाे आराेप
फाइल फाेटाे

टेक बहादुर बुढा / बाजुरा — साफे- मार्तडी राजमार्ग करिब पाँच महिना अबरुद्ध हुदा पनि अहिले सम्म सञ्चालन हुनसकेको छैन । राजमार्ग सञ्चालन नहुदा आवतजावतका साथै दैनिक उपभाेग्य सामाग्री ढुवानीमा ठुलाे समस्या हुँदै आएकाे छ । राजमार्ग सञ्चालनमा नआएकै कारण अहिले आम उपभोक्ताहरु चर्काे महङगीकाे मारमा परेका छन ।राजमार्ग सञ्चालनमा आउन नसकेको भन्दै अहिले सामाजिक संजालमा बुढिगंगा नगरपालिकाकाे चर्काे टिकाटिप्पणी पनि भईरहेकाे छ ।

तर राजमार्ग खुलाउन सधैं लागिरहेको बुढिगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बानियाँले बताएका छन । अहिले राजमार्गकाे बैकल्पिक बाटो खाेल्न सुरु गरिएको र कुनै समस्या नभएमा तिहार अगावै सम्पन्न गरिसक्ने नगर प्रमुख बानियाँले बताए । यस राजमार्ग सञ्चालनमा कुनै पनि पालिकाले समन्य , सहकार्य नगरेकाे नगर प्रमुख बानियाँले बताए ।

अहिले सबैले राजमार्ग सञ्चालनमा बुढिगंगाकाे मात्र जिम्मा भन्ने जस्ताे गरेर अरु कसैले पनि चासो नदेखाएको नगर प्रमुख बानियाँले बताए । राजमार्ग सञ्चालन गर्ने दायित्व बुढिगंगा नगरपालिकाकाे मात्र नभएको र अरु कसैले गर्ने नसकेको तर सुरुमा आफुले पहल गरेकाे बताए । साफे – मार्तडी राजमार्ग राष्ट्रिय राजमार्ग भएकाले यसकाे सञ्चालनमा सबैले समान रुपमा लाग्नुपर्नेमा नगर प्रमुख बानियाँले जाेड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार