• होमपेज
  • समाज
  • एकै परिवारका तीन जना मृत फेला

एकै परिवारका तीन जना मृत फेला

  • शनिबार, अशोज २२, २०७९
एकै परिवारका तीन जना मृत फेला

गोरखा–गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । ‘

७ वर्षका २ बालकको शव काब्रोको रुखमा झुण्डिएको अवस्था फेला परेको छ,’ उनले भने, ‘बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।’

घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले त्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । तीन वटै शवलाई पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ ।

बिहान स्थानीयबासिन्दाले रुखमा मान्छे भुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए । गाउँलेका अनुसार मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार