शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • देश
  • लगातारको वर्षाले सुदूर पहाडमा विद्युत सेवा प्रभावित, तराइमा बाढी

लगातारको वर्षाले सुदूर पहाडमा विद्युत सेवा प्रभावित, तराइमा बाढी

  • शनिबार, अशोज २२, २०७९
लगातारको वर्षाले सुदूर पहाडमा विद्युत सेवा प्रभावित, तराइमा बाढी

लगातारको वर्षाका कारण सुदूर पहाडका अधिकांश क्षेत्रको विद्युत सेवा प्रभावित भएको छ। वर्षा नरोकिएपछि विद्युत सेवा प्रभावित बन्न पुगेको स्थानीयको गुनासो छ।

बैतडीका धेरै स्थानमा विद्युत सेवा नियमित हुन नसकेको स्थानीय विनोदसिंह पन्तले बताए। ‘विद्यूत नहुँदा मोबाइल चार्च गर्न समेत सकिएको छैन भने नेटवर्कले समेत काम गर्न छोडेको छ।’ पहाडी ग्रामीण वस्तीमा विद्युत सेवा प्रभावित भएको डोटीका अर्का स्थानीय करण विकले बताए। थोरै समयका लागि बिजुली आउने र तुरुन्तै बन्द गरेको उनले बताए।

विद्यूत प्राधिकरणले भने सुदूर पहाडी जिल्लाका केही स्थानमा भारी वर्षाका कारण सुरक्षा सावधानीका लागि कतै लाइन काट्नुपर्ने भएकाले समस्या भएको हुनसक्ने जनाएको छ। लगातारको वर्षाका कारण बाजुरा र अछामको मध्य भाग भएर बग्ने बुढीगंगा नदीको वरीपरीबाट सुरु भएको विनासकारी पहिरोले बुढीगंगा नदी थुनिने खतरा बढेको छ। पहिरोकै कारण त्रिवेणी नगरपालिकातर्फको पैमा र बुढीगंगा नगरपालिकातर्फ अम्कोट गाउँका बासिन्दाहरू विस्थापित हुने अवस्थामा छन्।

बुढीगंगा थुनियो र बाढी आयो भने बाजुरा र अछाममा मात्रै नभएर कर्णाली तटीय क्षेत्रमा पनि क्षति हुनसक्ने आकलन गरिएको छ। बुढीगंगा नदी थुनियो भने बाजुरा मात्रै नभएर तटीय क्षेत्रमा रहेका बाजुराकै ताप्रिसेरा, सेराबगर, बार्जुगाडका बस्तीहरू नामेट हुने जोखिम बढेको स्थानीय गंगा बुढाले बताइन्।

यता कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा छ। कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेपछि सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। नदी कटान र डुबानको समस्या जिल्लाभित्र बढेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले बताए। ‘डुबान र नदी कटानको समस्या भएका क्षेत्रमा सशस्त्र प्रहरी टोली परिचालन गरेर सहयोग गर्ने काम भइरहेको छ।’

कैलालीको धनगढीका अधिकांश वस्तीहरु ढुवानमा परेका छन भने पथरिया नदीको जलस्तर बढेको छ। जिल्लाभित्र वर्षाका कारण भएको क्षतिको विवरण पाउन स्थानीय प्रशासनलाई सकस भइरहेको छ। कैलाली प्रशासनले जिल्लाका १३ वटै पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत पदाधिकारीलाई क्षतिको विवरण पठाउन आग्रह गर्दै आएपनि कहिँकतैबाट वितरण पाउन सकिएको छैन्।

दसैँ विदाका कारण क्षति भए÷नभएको विरण पाउनै मुश्किल जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए। साभार

चर्चामा

सम्बन्धित समाचार