• होमपेज
  • राजनीति
  • भीम रावलको टिकट खोसिएपछि एमाले अछामका सबै कमिटीले राजीनामा दिँदै

भीम रावलको टिकट खोसिएपछि एमाले अछामका सबै कमिटीले राजीनामा दिँदै

  • शनिबार, अशोज २२, २०७९
भीम रावलको टिकट खोसिएपछि एमाले अछामका सबै कमिटीले राजीनामा दिँदै

धनगढीः नेकपा एमालेका नेता डा भीम रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा पार्टीभित्र खैलाबैला मच्चिएको छ। अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा खैलाबैला मच्चिएको हो।

स्रोतका अनुसार अछाममा एमाले नेताहरुले विद्रोहको तयारी समेत गरेका छन्। एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले (आज) शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका हुन्। त्यसका लागि शनिबार दिउँसो रावलनिकट नेताहरुले अछाममा भेला गरिरहेका छन्।

तर रावलले भने यसबारे आधिकारिक प्रतिक्रिया जनाएका छैनन्। ‘एकल सिफारिसमा परेका उम्मेदवार(भीम रावल कमरेडको) टिकट खोसेर अरुलाई दिनु षड्यन्त्रपूर्ण छ,’ एक एमाले नेताले भने, ‘पार्टी नेतृत्वले गलत कदम उठायो। क्षेत्र नम्बर १ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामूहिक राजीनामा दिँदैछौँ।’

जिल्ला कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमा आएका आएका झपट बोहरालाई दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्। तर बोहराले चुनाव लड्नै नचाहेको एमाले नेताहरुले बताएका छन्। जबर्जस्ति उनलाई टिकट दिइएको बताइएको छ।

एमाले नेता रावलले अछामबाट विसं २०४८ सालदेखि नै चुनाव लड्दज आएका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए। रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागेका थिए। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए। दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार