शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा तीन दिन देखी भारी बर्षा सत्रक रहन प्रशासनको आग्रह

बाजुरामा तीन दिन देखी भारी बर्षा सत्रक रहन प्रशासनको आग्रह

  • शनिबार, अशोज २२, २०७९
बाजुरामा तीन दिन देखी भारी बर्षा सत्रक रहन प्रशासनको आग्रह

बाजुरा २१ असोज ः देशभर लगाएत बाजुरामा पनि तीन दिन देखी भारी बर्ष सुरु भएको छ । जिल्लामा भारी बर्षा पछि जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाका नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।
लगाताको बर्षाका कारण बाटो, सडक नदि छेउछाउका बस्तिहरु र जिल्लामा उच्च जाखिममा रहेका बस्तिका नागरिकलाई लगाएत जिल्ला बासीलाई सत्रक रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिए ।
अधिकारीले भने जिल्लाका सबै स्थानिय तहलाई आआफ्नो क्षेत्रका नागरिकहरुलाई सत्रक रहन सबै बस्तिहरुमा सूचना सम्प्रेषको लागि पत्राचार गरेको बताए ।
जिल्लामा पनि सुरक्षा निकायका प्रमुखसंग बैठक बसेर दैबिक प्रकोप पछिको उद्दारको लागि तयारी अवस्थामा रहन निर्देशन दिएको अधिकारीले बताए ।
लगातारको बर्षाका कारण जिल्लाका ग्रामीण सडक केही दिन पहिला मात्र सुरु भएको मार्तडी कोल्टि सडक, लगाएतका सडक समेत अबरुद्ध भएका छन् ।
यसरी बमौसमी रुपमा आएको बर्षाले पाकेको धान काट्न नपाउदा किसानलाई समस्य भएको छ । किसानले बाली भित्र्याउने समयमै यसरी लगातार पानि पर्न थालेपछि धान खेतमै कुहिन थालेका छन् । धान बारीमै कुहीए पनि किसानलाई भोकमगरिको चिन्ता सुरु भएको छ ।
यसरी पनि पर्न सुरु भएको छ न लगाएको खेति भित्र्याउन पाएयो । न त आफु र घर परिवार सुरक्षित नरहन् डर लागेको बुढीगंगा नगरपालिका १ का स्थानिय लक्ष्मी पाध्यायले बताए ।

चर्चामा

सम्बन्धित समाचार