• होमपेज
  • देश
  • यी चार सडक अझै खुलेनन्, नारायणगढ–मुग्लिन सडक सुचारु

यी चार सडक अझै खुलेनन्, नारायणगढ–मुग्लिन सडक सुचारु

  • शुक्रबार, अशोज २१, २०७९
यी चार सडक अझै खुलेनन्, नारायणगढ–मुग्लिन सडक सुचारु

अविरल वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । सडक विभागका साँफेबगर मार्तडी कोल्टी सडक, कर्णाली राजमार्गको जमुनाहा नेपालगञ्ज कोहलपुर सुर्खेत खुलालु हिल्सा सडक, तानसेन रिडी कोरला सडक र डुम्रे बेशीशहर चामे सडक पहिरोको कारण बन्द छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् । मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ । हिजो भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेकोको थियो ।
यस्तै पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन पोखरा सडक दुईतर्फी नै चलेको छ । सडकमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार