बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • हेटौंडा बस दुर्घटना : मृत्यु भएका दुवैको सनाखत

हेटौंडा बस दुर्घटना : मृत्यु भएका दुवैको सनाखत

  • सोमवार, अशोज १७, २०७९
हेटौंडा बस दुर्घटना : मृत्यु भएका दुवैको सनाखत

हेटौंडा–हेटौंडामा बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ। मृत्यु हुनेमा झापाको दमक-५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङको बेलबारी नगरपालिका- ८ बस्ने ५१ वर्षीय कल्पना राजवंशी रहेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

काठमाडौंबाट झापाको दमक जान लागेको ना७ख २०३२ नम्बरको बस गएराति मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित खण्डमा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी बसमा सवार ३६ जना घाइते भएका छन्। घाइतेमध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं र तीन जनालाई भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। एक जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार