बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • दशैको शुभकामना बिपन्न परिवारलाइ खाध्यान्न सहयाेग : बडिमालिका ७

दशैको शुभकामना बिपन्न परिवारलाइ खाध्यान्न सहयाेग : बडिमालिका ७

  • शुक्रबार, अशोज १४, २०७९
दशैको शुभकामना बिपन्न परिवारलाइ खाध्यान्न सहयाेग : बडिमालिका ७

बाजुरा — बडिमालिका नगरपालिका ७ को कार्यालयले शुभकामना आदान प्रदान गर्नुका साथै बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । बिजयादशैको शुभकामना आदान प्रदान गर्नुका साथै वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो सहयोगमा १४ जना बिपन्न परिवारलाई खाध्यान्न सहयोग गरेका हुन ।
वडा कार्यालयको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गर्नुका साथै वडा भरीका केही बिपन्न परिवारलाई आफुले पाउने बिभिन्न भत्ताको रकमबाट बिपन्न परिवारलाई खाध्यान्न सहयोग गरिएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन । प्रति परिवारलाइ १ कट्टा चामल, दाल र तेल लगायतकाे साम्रगी बितरण गरिएकाे वडा अध्यक्ष पाध्यायले बताएका छन ।
विगत जस्तै दशैमा उपलव्ध हुने भत्ता बापतको रकम यो वर्ष पनि बिपन्न परिवारलाई खाध्यान्न बितरण गरिएको वडा नम्मर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

चर्चामा

सम्बन्धित समाचार