शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • रेडियो पौरखीद्धारा पत्रकार सिंह सम्मानीत

रेडियो पौरखीद्धारा पत्रकार सिंह सम्मानीत

  • बिहिबार, अशोज १३, २०७९
रेडियो पौरखीद्धारा पत्रकार सिंह सम्मानीत

बाजुरा — बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा संचालित सामुदायिक रेडियो पौरखी ९०.४ मेगाहर्जले आफ्नो स्थापना दिवसको अवसरमा बडिमालिका खवरका  प्रकाशक/सम्पादक प्रकाश सिहंलाइ सम्मान गरेकाे छ  । रेडियोले १० औं बसन्त पार गर्दै ११ औं बसन्त पार गरेको अवसरमा एक कार्यक्रमका विच  पत्रकार सिहंले जिल्लामा पत्रकारीता क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरेकाे रेडीयाे पाैरखीका स्टेशन मेनेजर राम बहादुर दानीले बताए ।

पत्रकार सिह‌ले जिल्लामा पत्रकारीता क्षेत्रमा गरेकाे याेगदानलाइ कहिल्यै नभुल्ने गरी काम गरेकाे रेडीयाे पाैरखी बाजुराले जनाएकाे छ । पत्रकार सिंह नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्षका साथै जिल्लामा संचालित बडिमालिका खवरका प्रकाशक सम्पादक काे रुपमा रहेका छन भने नेपाल टेलीभिजन र दि हिमालयन टाइम्स अग्रेजी पत्रिकामा समेत आबद्ध रहेका छन । पत्रकार सिहं पत्रकारीता संगै सामाजिक सेवामा पनी उनकाे भुमिका रहेकाे पाइन्छ ।

बडीमालिका नगरपालिकाकाे हलमा संचालन गरिएकाे‍ बार्षिक उत्सव कार्यक्रमकाे अध्यक्षता रेडीयाे पाैरखी स‌चालक समितिका अध्यक्ष रामचन्द यादवकाे अध्यक्षतामा संचालन गरिएकाे थियाे ।

जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख तुलसीराम राेकाया प्रमुख अतिथि रहेका थिए। स्टेशन मेनेजर राम बहादुर दानीले संचालन गरेकाे कार्यक्रमका बिशिष्ठ अतिथ बडिमालिका नगरपालिका उप प्रमख नन्दा थापा रहेकी थिइन। कार्यक्रमक अतिथि बडिमालिका नगरपालिका वडा ७,८ र ९ का वडा अध्यक्ष र बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विक रहेका थिए ।

पाैरखी संचार सहकारीकी काेषाअध्यक्ष कृष्णा पण्डितले स्वागत गरेकाे कार्यक्रममा नेकपा एमाले बाजुराका नेता तुलाराम जैशी र नेपाली काँग्रेस बडिमालिका नगर कमिटीका सभापती गाेपाल कार्की लगायतका अतिथि रहेका थिए ।

रेडीयाेले बिहान जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेकाे थियाे भने दिउसाे बिबिध कार्यक्रम गरी स्थापपना दिवस मनाएकाे रेडीयाेले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार