• होमपेज
  • समाचार
  • डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा डाेटी अछाम र बाजुरा आउने सडक अबरुद्ध

डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा डाेटी अछाम र बाजुरा आउने सडक अबरुद्ध

  • आइतवार, अशोज ९, २०७९
डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा डाेटी अछाम र बाजुरा आउने सडक अबरुद्ध
फाइल तस्बीर

लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्गसँगै अन्य ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । आज बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै रोकिएका छन् ।

भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा पनि पहिरो झरेको छ । पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी सञ्चालमा आएको र त्यहाँ सवारी जाम लागेको यात्रुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार