बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

  • आइतवार, अशोज ९, २०७९
‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो । नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ ।

चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् ।

चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । चलचित्रले नेपालमा भने मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार