• होमपेज
  • राजनीति
  • नेकपा माओबादी केन्द्र बाजुराले दुई प्रदेश मध्य एक भागमा परेन भने गठबन्धन नगर्ने

नेकपा माओबादी केन्द्र बाजुराले दुई प्रदेश मध्य एक भागमा परेन भने गठबन्धन नगर्ने

  • शनिबार, अशोज ८, २०७९
नेकपा माओबादी केन्द्र बाजुराले दुई प्रदेश मध्य एक भागमा परेन भने गठबन्धन नगर्ने

बाजुरा  — नेकपा माओबादी केन्द्र बाजुराले जिल्लामा रहेका दुई प्रदेश सभा मध्य एक निर्बाचन क्षेत्र भागमा नपरे गठबन्धन नगर्ने भएको छ ।
शनिबार बिहान पत्रकार सम्मेलन मार्फत नेकपा माओबादी केन्द्रले घोषणा गरेको छ । शुक्रबार पार्टीको बैठक बसेर निणर्य समेत भईसकेको नेकपा माओबादी केन्द्र बाजुरा समन्वय समिती संयोजक देबीचन्द बुढाले बताएका छन ।
स्थानिय तह निर्बाचनका बेला पनि गठबन्धनको नाममा नेपाली काग्रेँसले कमजोर बनाउने प्रयास गरेको र प्रदेश निर्बाचनमा पनि सोही कुरा दोहोर्याउन सक्छन भन्ने लागेकोले पार्टीको बैठकले नै निणर्य गरिसकेको बुढाले बताए ।
प्रदेश (क) र (ख) मध्ये एक निर्बाचन क्षेत्र नेकपा माओबादीले पाउनुपर्ने अडान रहेको पत्रकार सम्मेलन मार्फत बताएका छन । नेकपा माओबादी केन्द्र बाजुराको तेस्रो पुणर् बैठकले निर्बाचन अबधिभरका लागि संयोजक देवीचन्द बुढाको संयोजकत्वमा ५० सदस्यि निर्बाचन परिचालन समिति समेत गठन गरिएको बताईएको छ । परिचालन कमिटीमा पार्टीका नेताहरु र बिभिन्न संगठनका प्रमुखहरु सदस्यमा रहेको बताएका छन ।
त्यसै गरि पार्टी भित्रको आन्तरीक कुराहरुलाई लिएर सामाजिक संजालमा अवाफ फैलाई जनतामा भ्रम छर्ने गरेका केही ब्यक्तीहरुलाई कार्बाहीका लागि पहिलो चरणमा स्पस्टीकरण सोध्ने निणर्य गरिएको नेकपा माओबादी केन्द्र बाजुराले पत्रकार सम्मेलन मार्फत जनाएको छ । नेकपा माओबादी केन्द्र बाजुरा समन्वय कमिटि संयोजक देबीचन्द बुढाको अध्यक्षतामा बसेको बैठकको संचालन अनुरास्वबीयु क्रान्तिकारिका  नेता खेमराज साउँदले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार