बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने

सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने

  • शनिबार, अशोज ८, २०७९
सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने

रुसले आफ्नो पछिल्लो खर्च योजनाअन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानून प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल (६०० बिलियन डलर) खर्च गर्ने योजना बनाएको छ । रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ ।

पछिल्लो तथ्यांकअनुसार, रूसले राष्ट्रिय रक्षामा सन् २०२२ देखि २०२५ मा कुल १८ दशमलब ५ ट्रिलियन रूबल खर्च गर्नेछ, जसमध्ये ४ दशमलब ७ ट्रिलियन यस वर्ष खर्च हुनेछ ।

यसअघि, मस्कोले सन् २०२२ देखि सन् २०२४ को अवधिमा कुल १० दशमलब ९ ट्रिलियन मध्ये यस वर्ष राष्ट्रिय रक्षामा ३ दशमलब ५ ट्रिलियन रुबल खर्च गर्ने योजना बनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार