• होमपेज
  • समाज
  • साहसिक फोटो पुरस्कार -२०७८ बाट बझाङका पत्रकार सिंह सम्मानित

साहसिक फोटो पुरस्कार -२०७८ बाट बझाङका पत्रकार सिंह सम्मानित

  • शुक्रबार, अशोज ७, २०७९
साहसिक फोटो पुरस्कार -२०७८ बाट बझाङका पत्रकार सिंह सम्मानित

अर्थ जङ शाही/ बझाङ — विगत लामाे समयदेखि बझाङबाट कान्तिपुर मिडियामा काम गरिरहेका बझाङका पत्रकार बसन्त प्रताप सिंह साहसिक फोटो पुरस्कार -२०७८ बाट सम्मानित भएका छन्।

राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनफएपिजे)ले संस्था स्थापनाको २५औं वर्षगाँठको अवसर पारेर आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारितामा हरि गोपाल प्रधानद्वारा स्थापित NFPJ हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार ( साहसिक फोटो पुरस्कार – २०७८ )बाट बसन्त प्रताप सिंह संमानित भएका हुन्।

काठमाडौमा भएको सम्मान कार्यक्रममा सिंहलाई नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा , युवा खेलकुद मन्त्री महेश्वर गहतराज , वल्र्ड बुक अफ रेकर्ड प्राप्त वरिस्ठ फोटो पत्रकार हरि गोपाल प्रधान र सस्थाका अध्यक्ष प्रदीप राज वन्तले सयुक्त रुपमा मेड्ल ,संम्मान पत्र सहित सम्मान गरेका थिए ।

फोटो पत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कनको आधारमा सात प्रदेश सहित विभिन्न १४ विधामा वर्षको उत्कृष्ट फोटो पत्रकारहरुलाई अवार्ड मार्फत सम्मानित गरिएको संस्थाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार