शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश ७
  • एभिन्युजका सुदूरपश्चिम व्युरो प्रमुख विक सम्मानित

एभिन्युजका सुदूरपश्चिम व्युरो प्रमुख विक सम्मानित

  • शुक्रबार, अशोज ७, २०७९
एभिन्युजका सुदूरपश्चिम व्युरो प्रमुख विक सम्मानित

एभिन्युज टेलिभिजनका सुदूरपश्चिम व्युरो प्रमुख हरिश विक सम्मानित भएका छन्। उनी रोटरी जर्नो अवार्डबाट सम्मानित भएका हुन्। बिहीबार रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानले उनलाई सम्मानित गरेको हो।

काठमाडौंको होटल हयात प्लेसमा एक कार्यक्रमको आयोजना गरिएको थियो। सोही कार्यक्रमका प्रमुख अतिथि अनिरुद्र रोयचौधरीले पत्रकार विकलाई लामो समयदेखि जनताको पक्षमा सकृय रुपमा कलम चलाउँदै आएको भन्दै नगद तथा प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। उनी विगत १२ वर्षदेखि एभिन्युजमा काम गर्दै आइरहेका बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार