बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षाको सम्भावना

  • बुधबार, अशोज ५, २०७९
सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाँडौं– आज पनि देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा हुने भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार