बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • फुल्कन्ट्याक्ट कराँते प्रतियोगितामा बझाङका ७ खेलाडी छनोट

फुल्कन्ट्याक्ट कराँते प्रतियोगितामा बझाङका ७ खेलाडी छनोट

  • मङ्लबार, अशोज ४, २०७९
फुल्कन्ट्याक्ट कराँते प्रतियोगितामा बझाङका ७ खेलाडी छनोट

अर्थ जङ शाही बझाङ –कञ्चनपुरको महेन्द्रनगरमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुदुरपस्चिम प्रदेश छनौट फुलकन्ट्याक्ट करातेमा बझाङ बाट ७ खेलाडी छनोट भएका छन्।

पुरुष ६५ केजीमुनि बझाङका चन्द्र नेगी,हेमन्त बोहरा-५५, बिरेन्द्र बोहरा-५०, बिकास परिवार-४०,केजी मुनिका खेलाडी छनोट भएका छन् भने महिला तर्फ उषा रावल-४५,बिमला रावल-५५,र खुल्ला बाट ममिता बोहरा छनोट भएको हुन्।

रजक पदकमा राकेश धामी-४५, बिमला बोहरा-४० रुद्र बिष्ट पुरुष खुल्ला तौल समूह र गङ्गा बोहरा महिला ५० केजी तौल समूह मा पदक हात पार्न सफल भएका हुन। त्यसैगरी कास्य पदकमा दिनेश बोहरा-६० केजी तौल समूहमा पदक जित्न सफल भएका छन्।

१२ तौल समूह भएको छनौट प्रतियोगिताको प्रतिस्पर्धामा ७ स्वर्ण बझाङले जितेको बझाङ जिल्ला समितिका अध्यक्ष पुष्पलाल रोकाया ‘ज्वालाले’ बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार