• होमपेज
  • राजनीति
  • अनशनरत केसीलाई लिन सेनाको स्काइ ट्रक धनगढीमा, केसीले काठमाडौं जान मानेनन्

अनशनरत केसीलाई लिन सेनाको स्काइ ट्रक धनगढीमा, केसीले काठमाडौं जान मानेनन्

  • मङ्लबार, अशोज ४, २०७९
अनशनरत केसीलाई लिन सेनाको स्काइ ट्रक धनगढीमा, केसीले काठमाडौं जान मानेनन्

धनगढी – स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी आएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् ।

तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार