• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

  • मङ्लबार, अशोज ४, २०७९
आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं– आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार