• होमपेज
  • राजनीति
  • स्थानिय चुनावमा वडा अध्यक्षको मत हेर्दा बाजुरामा कुन दलको भोट कति ?

स्थानिय चुनावमा वडा अध्यक्षको मत हेर्दा बाजुरामा कुन दलको भोट कति ?

  • आइतवार, अशोज २, २०७९
स्थानिय चुनावमा वडा अध्यक्षको मत हेर्दा बाजुरामा कुन दलको भोट कति ?

बाजुरा — भर्खर सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ । स्थानिय तहको मत हेर्दा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रोमा रहेको छ ।
तीन नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको हो । नेपाली कांग्रेसले भने २०७४ सालमा जितेका ६ मध्ये एक नगरपालिका र दुई गाउँपालिका गरी तीन वटा विजयी भएको छ । वडाध्यक्षका आधारमा मत केलाउँदा पनि एमाले नै बलियो शक्ति देखिन्छ । निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा एमालेले २७ हजार ६ सय ५५ मत ल्याएको छ । प्रतिष्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ ।
माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेद्वारहरुले ५ सय ८४ मत प्राप्त गरेका छन् ।
एउटा मात्रै निर्वाचन क्षेत्र भएको बाजुरामा गठबन्धन दलहरु एकै ठाउँ उभिने हो भने एमाले २ हजार १ सय ५८ मतले पछि पर्छ । यदि स्थानीय तहको निर्वाचन जस्तै गठबन्धन हुन नसक्ने हो भने एमालेले जित्ने देखिन्छ । नेकपा समाजवादीले बाजुरामा आफ्नो राम्रो मत रहेको जनाएपनि स्थानिय चुनावलाइ हेर्दा मत भने धेरै न्युन रहेको देखिन्छ ।
बाजुरामा ८३ हजार ५ सय ६७ मतदाता रहेका छन् । ७१ मतदान स्थलमा १ सय १२ मतदान केन्द्र रहेको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । गठबन्धन बाट बाजुरामा नेपाली काँग्रेसले पाउने पक्का जस्तै भएको छ । भर्खर सम्पन्न भएको स्थानिय चुनावलाइ हेर्ने हो भने गठबन्धन र एमाले बिच कडा प्रतिश्पर्धा हुने देखिएको छ । संघमा काँग्रेसलाइ सहमत भएपनि प्रदेश क मा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको दाबि रहेको बुझिएको छ ।
प्रतिनिधि सभाको लागि नेपाली काँग्रेस बाजुराले ७ जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसका सहमहामन्त्रि बन्द्रि पाण्डे, नेपाल सरकारका महान्यायाधिवक्ता खम्म बहादुर खाति, मान बहादुर रावल, कबिराज पण्डित, जनकराज गिरी, शेर बहादुर खाति र डा.अंगराज तिमिल्सेनाको नाम भएको छ । नेकपा एमाले बाट स्थायि कमिटि सदस्य कर्णबहादुर थापा, केन्द्रिय सदस्य प्रकाश शाह र लोकेन्द्र बहादुर शाहीको नाम केन्द्रमा सिफारीस भएको छ ।

चर्चामा

सम्बन्धित समाचार