बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा बाढी : कैलालीका १५ सय घर डुबानमा

सुदूरपश्चिममा बाढी : कैलालीका १५ सय घर डुबानमा

  • शनिबार, अशोज १, २०७९
सुदूरपश्चिममा बाढी : कैलालीका १५ सय घर डुबानमा

धनगढी– तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीमा १५ सय घर डुबानमा परेका छन्। साथै बाढीमा एक जना बेपत्ता भएका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार धनगढी उप महानगरपालिका वडा नम्बर १३ की १९ वर्षिया नविना चौधरी माछा मार्ने क्रममा स्थानीय झलारी नालामा डुबेर बेपत्ता भएकी हुन्। प्रशासनले कैलालीका १० स्थानीय तहका १५ सय घरधुरी डुबानमा परेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको तथ्यांकमा सबैभन्दा बढी भजनी नगरपालिका डुबानमा परेको छ। त्यहाँको वडा नम्बर ८ का सोनाफाँडा, दैलेखि टोल, भरतान टोल, मिलनपुर टोल र लालबोझीका गरी ४ सय घरधुरी, भजनी बजारका २५ घरधुरी, भजनी नगरपालिका वडा नम्बर ७ का शिविर टोल, गणेशमान टोल, दक्षिणपुरवा टोलका २५० घरधुरी डुबानमा परेका छन्।

यस्तै जोशीपुर गाउँपालिकामा ४ सय घरधुरी, लम्कीचुहा नगरपालिकामा १४५ घरधुरी, कैलाली गाउपालिकामा १७५ घरधुरी, टीकापुर नगरपालिका र जानकी गाउपालिकामा ८०-८० घरधुरी डुबानमा परेका प्रशासनले जनाएको छ। धनगढी नगरपालिकामा पनि १४ घरधुरी डुबानमा परेका छन्।

यस्तै टीकापुर नगरपालिका वठा नम्बर ७ का ७० परिवार र जानकी गाउँपालिका ४ का ६० परिवार गरी १३० परिवार विस्थापित भएका छन्। उनीहरु, सामुदायीक भवन र आफन्तकोमा सरेका प्रशासनले जनाएको छ। कैलालीमा कर्णाली, मोहना, पथरैया, कन्द्रा र खुटीया नदीहरुको जलस्तर बढेको छ। पहाडि जिल्लातिर वर्षा भईरहेकाले तराईमा नदीहरुको जलस्तर बढेको हो।

कञ्चनपुरमा पर्ने महाकाली नदीमा पनि जलस्तर बढेपछि नेपाल भारत सीमा नाका बनबसा बैराजमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। महाकालीमा एक लाख क्विसेक भन्दा बढी पानी बग्ने वित्तिकै त्यसलाई खतरा मानिन्छ। अहिले महाकालीमा एक लाख ६४ हजार क्विसेक पानी बगिरहेको छ।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार