बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाज
  • धनगढी विमानस्थलमा जहाज अवतरण गर्दा स्याल प्रवेश गरेपछि…

धनगढी विमानस्थलमा जहाज अवतरण गर्दा स्याल प्रवेश गरेपछि…

  • शुक्रबार, भदौ ३१, २०७९
धनगढी विमानस्थलमा जहाज अवतरण गर्दा स्याल प्रवेश गरेपछि…

धनगढि–धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ ।

काठमाडौँबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो । जहाजले धनगढीको आकाशमा फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए । उनकाअनुसार अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो ।

विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ । शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि धनगढी विमानस्थलमा हुने हवाइ उडान भने प्रभावित भएका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार