शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

  • शुक्रबार, भदौ ३१, २०७९
नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।

आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार