• होमपेज
  • राजनीति
  • पार्टी भित्रैका अराजकहरुको भ्रममा नलाग्न नेकपा माओबादी केन्द्र बाजुराको अनुरोध (बिज्ञप्ती सहित)

पार्टी भित्रैका अराजकहरुको भ्रममा नलाग्न नेकपा माओबादी केन्द्र बाजुराको अनुरोध (बिज्ञप्ती सहित)

  • बिहिबार, भदौ ३०, २०७९
पार्टी भित्रैका अराजकहरुको भ्रममा नलाग्न नेकपा माओबादी केन्द्र बाजुराको अनुरोध (बिज्ञप्ती सहित)

बाजुरा — नेकपा माओबादी केन्द्र बाजुराले आसन्न मसिंर ४ गते हुने प्रदेश र केन्द्रको निर्बाचनका लागि प्रतिनिधी छनौटमा पार्टी भित्रका केही अराजकहरुले गरेको गतिबिधिमा कसैले भ्रम नपर्न अनुरोध गरेको छ । नेकपा माओबादी केन्द्र बाजुराले प्रतिनिधी सभा र प्रदेशका उम्मेदवार छनौट भई केन्द्रमा पठाईसकेको र जिल्लामा रहेका पार्टी भित्रका अराजक संकुचित स्वार्थी र पार्टीको नाममा कमाई खाने पार्टीका केही तत्वहरुका पछी नलाग्न बिज्ञप्ती मार्फत उल्लेख गरीएको छ ।
नेकपा माओबादी केन्द्र बाजुराले भदौ २१ गते धनगढीमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सबै जिल्लाका प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरु छनौटको टुङ्गो लगाईन बसेकाे २३ गते  टुङ्गो लगाइसकेको नेकपा माओबादी केन्द्रका सचिव रमेशराज बिश्वकर्मा र संयोजक देबी चन्द्र बुढाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साेही बिषयमा पार्टी भित्रका अराजकहरुले अबहाफ फैलाइरहेकाेले काही कसैले पनि भ्रममा नपर्न बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

No description available.
प्रतिनिधी सभाका लागि संबिधान सभा सदस्य तथा नेकपा माओबादी केन्द्र बाजुराका इन्चार्ज कणर् बहादुर बिक (केशव) लाई सिफारीस गरेको छ । त्यसै गरी प्रदेश (क) मा सुरेश बहादुर रोकाया र प्रदेश (ख) मा देबीचन्द बुढालाई सिफारीस गरेको नेकपा माओबादी केन्द्र बाजुराका सह ईन्चार्ज महेश शाहीले बताएका छन ।
समानुपातीक तर्फ प्रतिनिधी सभामा कमल कुमारी शाह महिला, महेश शाही खस आर्य, मन बहादुर बिक दलित, निर्मला बिष्ट पिछडीएको क्षेत्र र सुक थापा भोटे जनजातीमा सिफारीस गरेको सह इन्चार्ज शाहीले बताएका छन ।
त्यस्तै प्रदेश सभा (क) मा ३ जनाको नाम सिफारीस गरेको छ । जसमा रमेश राज विक (दलित) संजय कट्टेल घाईत अपाङ्ग र तारादेवी गिरी महिला तर्फबाट सिफारीस गरेको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ ।
प्रदेश (ख) बाट दिपक डिसी खस आर्य, चन्द्र सुनार र भिम बहादुर बिक दलित, मनादेवी जैशी महिला, तेज बहादुर शाह पिछडीएको क्षेत्र र प्रकाश विक घाईते अपाङ्ग कोटामा सिफारीस गरेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार