बाजुरा– जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणका फाईजर खोप संचालन गर्ने भएको छ ।
पाँच बर्ष मुनिका बालबालिकाको लागि जिल्ला भरी दोस्रो चरणको फाईजर खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लामा संचालन गरीने खोप पाँच वर्षमुनिका उमेर समूहका बालबालिकाको लागि प्रयोगमा ल्याइएको छ ।
जिल्लामा पनि स्वास्थय कार्यालयले भाद्र ३१ देखी असोज २ गतेसम्म पाँच वर्षमुनिका बालबालिकालाई उक्त खोप दिने लक्ष्य राखेको चन्दले जानकारी दिए ।
कार्यालयले एक सुचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन समेत अनुरोध गरेको छ ।