• होमपेज
  • समाचार
  • दशैँ सम्म सदरमुकाम चैनपुरमा सिसी क्यामेरा जडान गर्छौँ-मेयर बजाल

दशैँ सम्म सदरमुकाम चैनपुरमा सिसी क्यामेरा जडान गर्छौँ-मेयर बजाल

  • बुधबार, भदौ २९, २०७९
दशैँ सम्म सदरमुकाम चैनपुरमा सिसी क्यामेरा जडान गर्छौँ-मेयर बजाल

अर्थ जङ शाही/बझाङ– बझाङको जयपुथ्वी नगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि सदरमुकाम चैनपुरका केही स्थानमा दशैँ सम्म सिसी क्यामेरा जडान गर्ने तयारी गरेको नगर प्रमुख मेयर चेतराज बजालले मंगलबार एक कार्यक्रममा बताएका छन्।

सदरमुकाम चैनपुरमा चोरीका घटना बढ्न थालेपछि र जताततै फोहरको डुङ्गुर भएकाले आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिने मेयर बजालले बताएका छन्। नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ। त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो।

चर्चामा

सम्बन्धित समाचार