• होमपेज
  • राजनीति
  • नेकपा माओबादी केन्द्र बाजुराबाट केन्द्र र प्रदेश सभामा एकल उम्मेदवार सिफारीस

नेकपा माओबादी केन्द्र बाजुराबाट केन्द्र र प्रदेश सभामा एकल उम्मेदवार सिफारीस

  • बुधबार, भदौ २९, २०७९
नेकपा माओबादी केन्द्र बाजुराबाट केन्द्र र प्रदेश सभामा एकल उम्मेदवार सिफारीस

बाजुरा — नेकपा माओबादी केन्द्र बाजुराले आसन्न मसिंर ४ गते हुने प्रदेश र केन्द्रको निर्बाचानका लागि प्रतिनिधी छनौट गरेको । नेकपा माओबादी केन्द्र बाजुराले प्रतिनिधी सभा र प्रदेशका उम्मेदवार छनौटमा एक एक जनाको नाम सिफारीस गरेको छ ।
प्रतिनिधी सभाका लागि संबिधान सभा सदस्य तथा नेकपा माओबादी केन्द्र बाजुराका इन्चार्ज कणर् बहादुर बिक (केशव) लाई सिफारीस गरेको छ । त्यसै गरी प्रदेश (क) मा सुरेश बहादुर रोकाया र प्रदेश (ख) मा देबीचन्द बुढालाई सिफारीस गरेको नेकपा माओबादी केन्द्र बाजुराका सह ईन्चार्ज महेश शाहीले बताएका छन ।
समानुपातीक तर्फ प्रतिनिधी सभामा कमल कुमारी शाह महिला, महेश शाही खस आर्य, मन बहादुर बिक दलित, निर्मला बिष्ट पिछडीएको क्षेत्र र सुक थापा भोटे जनजातीमा सिफारीस गरेको सह इन्चार्ज शाहीले बताएका छन ।
त्यस्तै प्रदेश सभा (क) मा ३ जनाको नाम सिफारीस गरेको छ । जसमा रमेश राज विक (दलित) संजय कट्टेल घाईत अपाङ्ग र तारादेवी गिरी महिला तर्फबाट सिफारीस गरेको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ ।
प्रदेश (ख) बाट दिपक डिसी खस आर्य, चन्द्र सुनार र भिम बहादुर बिक दलित, मनादेवी जैशी महिला, तेज बहादुर शाह पिछडीएको क्षेत्र र प्रकाश विक घाईते अपाङ्ग कोटामा सिफारीस गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार